
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउने भएका छन्। यसअघि उनी बुद्ध एयर को विमानबाट आउने भनिए पनि योजना परिवर्तन भएर हेलिकप्टरमार्फत आउने तय भएको हो।पूर्वराजा आज मध्यान्ह १२ बजे झापाबाट उडेर करिब १ घण्टा १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गर्ने कार्यक्रम छ।
उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता तथा राजावादी अभियानमा संलग्न व्यक्तिहरू विमानस्थल पुग्ने तयारीमा छन्। स्वागत कार्यक्रममा राप्रपाका नेता कमल थापा, महामन्त्री धवलशम्शेर राणा लगायत सहभागी हुनेछन्।
त्यसैगरी, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं ले पनि विमानस्थलमा उपस्थित हुन सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे