
काठमाडौँ, फागुन ९ – प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकलाई निष्कर्षमा पु-याउन ११ सदस्यीय उपसमिति गठन गरेको छ। समितिको आजको बैठकमा सभापति रामहरि खतिवडाले उपसमिति गठनको प्रस्ताव गरेका थिए, जसअनुसार सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा उपसमिति गठन गरिएको हो।
उक्त उपसमितिमा सांसदहरू अशोककुमार राई, ईश्वरी न्यौपाने, चन्दा कार्की, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य रहेका छन्।
समितिले उपसमितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। यसैबीच, समितिमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि छलफल जारी रहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे