
काठमाडौं । शिशिर खनालले आज गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मासहितको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भेटवार्ता गरेका छन्। भेटका क्रममा गैरआवासीय नेपाली प्रतिनिधिहरूले गैरआवासीय नागरिकता परिचयपत्रको पूर्ण कार्यान्वयन, सम्बन्धित ऐन संशोधन तथा गैरआवासीय नेपालीलाई नेपाली नागरिकता प्रदान गर्ने व्यवस्थासम्बन्धी विषयमा सरकारसँग आफ्ना अपेक्षाहरू प्रस्तुत गरेका थिए।
भेटमा परराष्ट्रमन्त्रि खनालले गैरआवासीय नेपाली तथा विश्वभर फैलिएको नेपाली समुदायले राष्ट्रको विकासमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको जायज चासो सम्बोधन गर्न सरकार पूर्ण रूपमा सकारात्मक र सहयोगी रहने आश्वासन दिएका छन्। साथै उनले प्रवासी नेपालीबाट लगानी, पूँजी, ज्ञान, सीप तथा सञ्जाललाई थप परिणाममुखी ढंगले परिचालन गरी नेपालको सामाजिक तथा आर्थिक विकासमा प्रभावकारी योगदान पुर्याउनुपर्ने आवश्यकता औंल्याएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे