
काठमाडौँ, २१ बैशाख । परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको हो ।
सो अवसरमा उनि अन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछ । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे