• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

७ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

८ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१0 घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१0 घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१२ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१२ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१२ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१२ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१२ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१३ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१३ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ माघ २६, बुधबार (४ साल अघि)

५० बर्षपछि पनि रोजगारीको लागि विदेश, ३६ प्रतिशतभन्दा बढीसम्म ब्याजमा ऋण,रोजगारीमा जान लाखौँ खर्च

Foreign Employment

  • 2,465 Views
  • इलाम, २६ माघ । मुलुकमा जीविकोपार्जन गर्ने कमाई र काम नपाएपछि धेरैलाई रोजगारीको लागि बिदेसिनुपर्ने बाध्यता छ । वैदेशिक रोजगारीमा जाने धेरैले महँगो ब्याजमा ऋण लिने गरेका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी) ले इलाम नगरपालिकाको आप्रवासन पार्श्वचित्र तयार पार्न लिएको तथ्याङ्क अनुसार ३६ प्रतिशतभन्दा बढीसम्म ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा गएको पाइएको छ ।

    ११७ जनाले २५ देखि ३६ प्रतिशत ब्याजदरमा ऋण लिएर विदेश गएका हुन् । ३६ प्रतिशत भन्दा बढी ऋण लिएर पनि वैदेशिक रोजगारीमा जाने गरेको पाइएको सामीका कार्यक्रम संयोजक ईश्वरी तामाङले बताए । ३६ प्रतिशत भन्दा बढी ऋण लिएर तीन जना वैदेशिक रोजगारीमा गएका छन् । ‘विदेश जाने धेरैले ऋण काढेरै विदेश जाने हुन्’, तामाङले भने,‘बैङ्क वित्तीय संस्थाहरूले विदेश जानेलाई ऋण दिँदैनन्, साहु महाजनबाट हतार हतारमा ऋण लिएर विदेश जानेहरू जतिसुकै महँगो ब्याज पनि तिर्न तयार हुन्छन् ।’

    सुरक्षित आप्रवासन परियोजनाले सङ्कलन गरेको तथ्याङ्क अनुसार १६५ जनाले १२ प्रतिशत भन्दा कम ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा गएका छन् । १३ देखि १८ प्रतिशत ब्याजमा ऋण काढेर २८३ जना बिदेसिएका छन् । ४४१ जना १९ देखि २४ प्रतिशतसम्म ब्याजमा ऋण लिएर विदेश गएको पाइएको छ ।

    रोजगारीमा जान ऋणको भार

    वैदेशिक रोजगारीको लागि वित्तीय संस्थाहरूले ऋण दिँदैनन् । त्यसैले अधिकांशले साहु महाजन र आफन्तबाट ऋण लिएर विदेश जाने गरेका छन् । वित्तीय संस्थाबाट लिएको ऋण विदेश जानको लागि खर्च गरेपनि अरुनै प्रयोजन देखाएर ऋण लिने गरेको तामाङ बताउँछन् ।

    इलाम नगरपालिका क्षेत्रका ९४५ जनाले ऋण या सापटी लिएर विदेश गएको तथ्याङ्क छ । त्यसमध्ये ६३४ जनाले आफन्तबाट ऋण लिएका छन् भने २६२ जना साहु महाजनबाट ऋण लिएका छन् । त्यस्तै बचत समूहबाट ३० जना, सहकारीबाट ३६ जना र बैङ्कबाट ८७ जनाले ऋण लिएर विदेश गएको तथ्याङ्क छ । ४०५ जनाले भने आफ्नै श्रोतबाट रोजगारीको लागि विदेश गएका छन् भने, १८ जनाले सम्पत्ति बेचेर रोजगारीको लागि विदेश जाने खर्च जुटाएका हुन् ।

    रोजगारीमा जान लाखौँ खर्च

    सामी परियोजनाको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि धेरैजसो खाडी मुलुक गएका छन् । खाडी मुलुक पठाउन म्यानपावर कम्पनीले दश हजार रुपैयाँ भन्दा बढी रकम लिन पाउँदैनन् । तर, खाडी मुलुक जानकै लागि पनि २० गुण बढी रकम तिर्न बाध्य छन् । २४३ जनाले दुई लाख रुपैयाँ भन्दा बढी रकम खर्चेर विदेश गएको पाइएको छ । १४७ जनाले एक लाख ५१ हजार देखि दुई लाखसम्म बुझाएको पाइएको छ । ६८३ जनाले एक लाखदेखि एक लाख ५० हजारसम्म खर्चिएका छन् । ९९ जनाले ८१ हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म, ७८ जनाले ५१ देखि ८० हजार रुपैयाँसम्म, ११ देखि ५० हजार रुपैयाँ खर्चेर बिदेसिएका छन् । जम्मा २१ जनाले फ्रि टिक फ्रि भिसा मार्फत रोजगारीको लागि विदेश गएका छन् ।

    वैदेशिक रोजगारीको लागि बढी रकम बुझाएर गएपनि उनीहरूले बुझाएको रकमको भरपाई पाउँदैनन् । रोजगारीमा जानेबाट लाखौँ रकम असुलेपनि म्यानपावर कम्पनीले सरकारले निर्धारण गरेको रकमको मात्रै भरपाई दिने गरेका छन् । म्यानपावर कम्पनीहरूले राम्रो काम र कमाईको प्रलोभन देखाएर ठग्ने गरेको सामीका जिल्ला परियोजना संयोजक तामाङले बताए । ‘म्यानपावर कम्पनीले राम्रो काममा पठाइदिने भनेर तोकेको भन्दा धेरै रकम लिन्छन्, तर थोरै पैसा लिएको मात्रै भरपाई दिएको हुन्छ’, उनले थपे,‘कतिले भनेको काम पाउँदैनन्, तलब पनि भनेजति नपाएपछि स्वदेश फर्किन्छन्, यहाँ आएपछि आफूले बुझाएको रकम पनि उठाउन सक्दैनन् ।’ तिरेको रकमभन्दा कमको मात्रै भरपाई लिएपछि म्यान पावर कम्पनीलाई बुझाएको रकम लिन नसकेर धेरै जना ठगिने गरेको तामाङले बताए ।

    धेरैजसो खाडी मुलुक

    वैदेशिक रोजगारीका लागि अधिकांशको रोजाई खाडी मुलुकनै छ । चाडै भिसा लाग्ने, अर्धदक्ष जनशक्तिले पनि काम पाउने भएकाले खाडी मुलुक जानुपर्ने बाध्यता छ । खासै राम्रो कमाई नहुने भएपछि इलाम नगरपालिका क्षेत्रका धेरैजसो वैदेशिक रोजगारीको लागि खाडी मुलुकनै गएको पाइएको छ । ३१४ जना मलेसिया, २०६ जना साउदी अरब, २८२ जना दुबई, २११ जना कतार ४२ जना कुवेत, १५ जना ओमन रोजगारीको लागि गएका छन् ।

    पाँच पटकभन्दा बढी रोजगारीको लागि विदेश

    वैदेशिक रोजगारीमा गएर फर्किएकाहरू मुलुकमानै स्वरोजगार नहुँदा पटक पटक बिदेसिने गरेका छन् । कतिसम्म भने एकै जना व्यक्ति पाँच पटकसम्म वैदेशिक रोजगारीको लागि विदेश धाउने गरेका छन् । तथ्याङ्क अनुसार ४० जना पाँचौँ पटक र त्यस भन्दा बढी पटक रोजगारीको लागि विदेश गएको पाइएको छ । वैदेशिक रोजगारीको कमाई अनुत्पादक क्षेत्रमा लगानी गर्दा पटक पटक बिदेसिनुपर्ने बाध्यता छ । कतिपयले विदेशमा गरेको कमाई घर बनाउन, घडेरी किन्न या घरखर्चमानै सक्ने गरेका छन् । विदेशको कमाइ आम्दानी मूलक क्षेत्रमा लगानी नगर्दा पटक पटक रोजगारीको लागि विदेश जानुपर्ने अवस्था छ । सामी परियोजनाको तथ्याङ्क अनुसार चौथो पटक विदेश जानेको सङ्ख्या ३८, तेस्रो पटक जानेको सङ्ख्या १२३ जना, दोस्रो पटक विदेश जानेको सङ्ख्या, ४७२ र पहिलो पटक रोजगारीको लागि विदेश जानेको सङ्ख्या ७६६ रहेको छ ।

    ५० बर्षपछि पनि रोजगारीको लागि विदेश

    कतिपय उमेर ढल्किँदै जाँदा समेत विदेशी भूमिमा कमाउन जान्छन् । पटक पटक विदेश जानेहरू ५० वर्ष काटिसक्दा समेत विदेश जाने गरेको पाइएको छ । इलाम नगरपालिका क्षेत्रका एक हजार ४९३ वैदेशिक रोजगारीमा गएका छन् । ती मध्ये २१ जना ५० वर्षभन्दा बढी उमेरका छन् । यस्तै २२८ जना ४१ देखि ५० वर्ष उमेरका छन् । ३१ देखि ४० वर्षका ६३१ जना, २१ देखि ३० वर्ष उमेरका ६३१ र १८ देखि २० वर्षका चार जना रहेको सामी परियोजनाको तथ्याङ्क छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    ७ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    ८ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १0 घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १0 घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १२ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १२ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १२ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १२ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १२ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution