
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा एन्फाले छिमेकी मित्रराष्ट्र चीनको नयाँ वर्षको अवसरमा नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासको सहयोगमा खेलको आयोजना गर्न लागिएको जानकारी दिएको हो। प्रतियोगिता आगामी फागुन ३ गते दशरथ रंगशालामा सम्पन्न हुनेछ।
संघले यस मैत्रीपूर्ण खेलमार्फत युवा फुटबलको विकास गर्दै नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ। प्रतियोगिताको प्रविधिक पक्षको सम्पूर्ण जिम्मेवारी एन्फाले सम्हाल्नेछ भने मार्केटिङ, ब्रोडकास्टिङ, टिकट व्यवस्थापन र सांस्कृतिक कार्यक्रमको जिम्मेवारी नेपालस्थित चिनियाँ दूतावासले लिनेछ।
प्रतियोगिताको तयारी स्वरूप मुख्य प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडी टोली हाल बन्द प्रशिक्षणमा रहेको छ। संघका अनुसार खेल आयोजनाका लागि अनुमानित बजेट ३८ लाख ९० हजार रुपैयाँ रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे