
बेइजिङ, चीन ।चीनले अहिले इन्टरनेट प्रविधिमा एउटा ठूलो फड्को मारेको छ। अब चीनले अन्तरिक्षमा घुमिरहेको सेटेलाइट (उपग्रह) प्रयोग गरेर १ गिगाबिट प्रतिसेकेन्ड (Gbps) गतिको इन्टरनेट सफलतापूर्वक परीक्षण गरेको छ। यस इन्टरनेटको गति एलन मस्कको स्टारलिंक नामक इन्टरनेटभन्दा करिब पाँच गुणा छिटो छ।
चीनले जुन उपग्रह प्रयोग गरेको हो, त्यो पृथ्वीभन्दा करिब ३६ हजार किलोमिटर माथि ‘जियोस्टेशनरी’ भनिने कक्षामा घुमिरहेको छ। त्यहाँबाट जम्मा २ वाट मात्र पावर भएको एउटा लेजर बत्ती (laser beam) मार्फत पृथ्वीमा इन्टरनेट संकेत पठाइएको थियो, जुन निकै तीव्र र स्थिर थियो।
तर, यत्रो टाढाबाट पठाइएको लेजर संकेत पृथ्वीमा आइपुग्दा वायुमण्डल (आकाश) को कारणले बाङ्गो–टिङ्गो भएर विकृत हुन सक्छ। यस समस्यालाई समाधान गर्न चीनका वैज्ञानिक वु जियान र लियु चाओले मिलेर एउटा विशेष प्रविधि बनाएका छन्, जसलाई एओ–एमडीआर (AO-MDR) भनिन्छ।
३५७ वटा साना ऐना (micro-mirrors) प्रयोग गरेर आकाशबाट आउने लेजर संकेतलाई सीधा पार्छ।
मल्टि-प्लेन लाइट कन्वर्टर भन्ने प्रविधिबाट सन्देश अझै स्पष्ट बनाइन्छ।
रियल टाइम एल्गोरिदम भन्ने बुद्धिमानी सिस्टमले कुन बाटोबाट संकेत पठाउँदा राम्रो हुन्छ भनेर तुरुन्तै निर्णय गर्छ।
अब पृथ्वीको कुनाकाप्चासम्म पनि उच्च गतिको इन्टरनेट पुर्याउन सकिने सम्भावना खुल्यो।
आपतकालीन संचार, टेलिभिजन प्रसारण, सुरक्षा सञ्जाल जस्ता कुरामा यो प्रविधिले ठूलो सहयोग पुर्याउनेछ।
तारबिनाको इन्टरनेट (wireless satellite internet) भविष्यमा अझै भरपर्दो र छिटो बन्ने संकेत देखिएको छ।
यसले विश्वभर नै इन्टरनेट प्रविधिको स्वरूप बदल्ने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे