
काठमाडौँ । सोमबार बिहान पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल संघीय कन्स्टेबुलरी ९पहिले फ्रन्टियर कन्स्टेबुलरी० को मुख्यालयमा दुई आत्मघाती आक्रमणकारीले हमला गरेपछि तीन सुरक्षा अधिकारीको मृत्यु भएको छ भने कम्तीमा १२ जना घाइते भएका छन्।
पाकिस्तानी प्रहरीले बीबीसी उर्दूलाई दिएको जानकारीअनुसार हतियारधारी आक्रमणकारीहरूले अत्यधिक सुरक्षा गरिएको क्षेत्रभित्र छिर्न धेरै तहका सुरक्षा अवरोध तोड्नुपरेको थियो। प्रत्यक्षदर्शीहरूले स्थानीय समय अनुसार बिहान करिब ८:१० बजे दुईवटा शक्तिशाली विस्फोटको आवाज सुनेको बताए।
घटनास्थललाई सुरक्षाकर्मीहरूले घेराबन्दी गरेका छन् र उद्धार टोलीहरूले घाइतेहरूको उपचारमा सहयोग गरिरहेका छन्। एक अधिकारीका अनुसार पाँच जना सुरक्षा अधिकारी र सात जना सर्वसाधारण घाइते भएको पुष्टि गरिएको छ।
कुनै पनि समूहले आक्रमणको जिम्मा लिएर दाबी गरेको छैन। पाकिस्तानी अधिकारीहरूले यसलाई विफल आतंकवादी योजना भएको उल्लेख गर्दै आक्रमणकारीहरू भवनभित्र पस्नुअघि नै गेटमै मारिएको बताए।
प्रधानमन्त्री शेहबाज शरीफले दोषीहरूलाई चाँडो पहिचान गरेर कडा कारबाहीका लागि निर्देशन दिएका छन्। अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्त लामो समयदेखि विभिन्न प्रकारका आतंकवादी गतिविधिको केन्द्र मानिँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे