
काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनपछि अब संघीय संसद्को पहिलो अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ। संघीय संसद् का दुवै सदन—प्रतिनिधि सभा र राष्ट्रिय सभा—को बैठक आज दिउँसो २ बजे एकैसाथ सुरु हुनेछ।
प्रतिनिधि सभाको बैठक निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बस्नेछ भने राष्ट्रिय सभाको बैठक संसद् सचिवालयभित्रको आफ्नै कक्षमा हुनेछ। निर्वाचनपछि करिब सात महिनापछि दुवै सदन एकैपटक सञ्चालन हुन लागेको हो।
बुधबार ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सबै दलका नेताहरूलाई बोलाएर बैठक गरेका थिए। त्यसमा पहिलो बैठकको काम, भविष्यको कार्यदिशा र सभामुख चयन प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको छ।
पहिलो बैठकमा राष्ट्रपति ले अधिवेशन बोलाएको पत्र पढेर सुनाइनेछ। साथै, सरकारले बनाएको मन्त्रिपरिषद् सम्बन्धी जानकारी पनि दिइनेछ। नयाँ नियमावली नबन्दासम्म पुरानै नियम अनुसार काम चलाइने प्रस्ताव पनि पास गरिनेछ।
यसअघि संसद् नचलेको समयमा ल्याइएका केही अध्यादेशहरू पनि बैठकमा पेश गरिनेछन्। साथै, विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राख्ने कार्यक्रम पनि हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे