
काठमाण्डौ, साउन ९।त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १९ यात्रुमध्ये १८ जनाको शव भेटिएको र पाइलट मनिष शाक्य घाइते भएका हुन्। घाइते पाइलटको उपचार भइरहेको छ।
मर्मतका लागि काठमाडौंबाट पोखरा उडेको जहाज, रनवेबाट टेक अफ भइसकेपछि जहाज एक्कासी मोडिएको र ठाडो भएर भुईमा बजारिएको प्रत्यक्षदर्शिको भनाई छ।
जहाजमा सवार (नामसहित)

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे