
काठमाडौं – लक्ष्मी सनराइज बैंकको नेतृत्वमा गठित परिसंघले ताप्लेजुङ जिल्लाको घुन्सा नदीमा निर्माण हुन गइरहेको ७७.५० मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजना वित्तीय व्यवस्थापनका लागि सुविधा सम्झौता सम्पन्न गरेको छ।
यस परिसंघमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड (HIDCL), नागरिक लगानी कोष (CIT), माछापुच्छ्रे बैंक, र एभरेस्ट बैंक पनि सहभागी रहेका छन्। परियोजनाका लागि कुल १२.७ अर्ब रुपैयाँ ऋण प्रवाह व्यवस्था गरिएकोमा लक्ष्मी सनराइज बैंकको हिस्सा ५ अर्ब रुपैयाँ रहेको छ। कुल परियोजना लागत १८.१३ अर्ब रुपैयाँ रहेको छ, जसको ३० प्रतिशत प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरण (NEA), विद्युत् उत्पादन कम्पनी लिमिटेड (VUCL) र जलविद्युत लगानी र विकास कम्पनी HIDCL ले व्यहोरिने छन्।
परियोजना सञ्चालनमा आएपछि वार्षिक ४६२.२८ गिगावाट घण्टा नवीकरणीय ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ। यसले नेपालमा हरित ऊर्जा प्रवर्द्धन गर्दै बैंकको २,७०० मेगावाटभन्दा बढीको हरित ऊर्जा लगानी पोर्टफोलियोलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
यस वित्तीय सम्झौताले नेपालको स्वच्छ ऊर्जा रूपान्तरणमा वित्तीय क्षेत्रको प्रतिबद्धता पुनः पुष्टि गर्दै ऊर्जा सुरक्षासहित दिगो विकास लक्ष्य हासिल गर्न महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे