
२ असोज, काठमाडौं । नेपाली राजनितिमा संसदिय र प्रदेश स्तरिय चुनावको खेल मंसिर ४ गते हुने र यसै दिनबाट नै कतारमा सुरु हुन लागेको फिफा विश्वकप २०२२ का खेलहरु नेपालमा मिडिया हबबाट ‘एक्सक्लुसिभ’ अधिकार सहित नेपाली टेलिभिजन च्यालनबाट मात्र प्रसारण हुने भएको छ। यस वर्षको प्रसारण अधिकार स्मरण रहोस एक्सक्लुसिभ हुनेछ।
नेपालमा विगत लामो समय देखि विश्वकप प्रसारणको अधिकार अनुभव रहदै आएको मिडिया हबले यस वर्षमा भने कुनै पनि विदेशी टेलिभिजन च्यानलबाट विश्वकप प्रसारण नेपालमा नहुने र नेपालभित्र नेपाली टेलिभिजन बाट नै प्रसारण गर्ने हुदाँ यो अधिकार पुर्ण अधिकार अर्थात् ‘एक्सक्लुसिभ’ अधिकार हो। अव फिफा विश्वकप २०२२ को नेपाल भुमिमा प्रसारण लगायत यस सगँ सम्वन्धित सम्प्ुर्ण प्रतिलिपि अधिकार पनि मिडिया हबको हुनेछ।
मिडिया हब एवमं आनका अध्यक्ष सोम धितालले यो वर्षको प्रसारण अन्तिम सम्ममा ४० -४२ करोड सम्मको खर्च रहने जानकारी गराउनु भएको छ भने पुर्ण अधिकार रहदाँ खर्च वढेको र विभिन्न हिसावले जोडिन आउनु हुने साझेदार ,विज्ञापनदाता,एजेन्सीहरुले पनि सोहि बमोजिम सहज तरिकाले लिई सक्नु भएको जानकारी गराउनु भयो।
अन्तत कार्य्रकममा उपस्थित रहेर सहयोग र सदभाव देखाउनु हुने सबैमा धन्यावद ज्ञापन गर्नु भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे