
काठमार्डौँ, ३१ श्रावण । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबललाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ ।
भारतको सर्वोच्च अदालतले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर त्यसको ब्यवास्ता गर्दै एआईएफएफले चुनाव गरेपछि रुष्ट फिफाले फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएको भन्दै प्रतिबन्ध लगाएको हो ।
फिफाले एआईएफएफ लाई यसअघि नै पटक पटक चेतावनी दिएको थियो । प्रतिबन्धसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन ।
भारतीय फुटबल क्लबका कप्तान सुनील क्षेत्रीले यसअघि फिफाको यो धम्किलाई ध्यान नदिई आफनो खेललाई जारी राख्न खेलाडीहरुलाई आग्रह गरेका थिए । उनले यो विषयमा सम्बिन्धत ब्यक्तिले ध्यान दिनुपर्नै जिकिर गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे