
नवलपुर , साउन २ | नवलपुरमा छोराले हानेको ढुङ्गाले लागेर बाबुको मृत्यु भएको छ। जिल्लाको कावासोती–५ ठकुरीचोकका १८ वर्षीय निराजन कुमालको ढुङ्गा प्रहारबाट निजका बुबा ४३ वर्षीय प्रेम कुमालको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आज बिहान ११ बजेतिर निराजनले कुकुर कुटेर मारेको निहुँमा झगडा हुँदा ४३ वर्षीय बुवा प्रेमको हत्या गरेका हुन् ।निराजनले हानेको ढुङ्गाले बुवाको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले निराजनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे