
काठमाडौँ, २९ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीको विदाई गरेको छ । आइतबार सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा आयोजीत कार्यक्रममा पदाधिकारीहरुले भारत जाने महिला टोलीको विदाई गरेका हुन् ।
खेलाडीहरुलाई आइतबार सदस्य सचिव टंकलाल घिसिङ, एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, महासचिव किरण राई, पूर्व सहसदस्य पुरुषोत्तम थापा, रुपेश अधिकारी, पेमा डोल्मा लामा र सरिला श्रेष्ठ मलेकुले बिदाइ गरेका थिए ।
सन् २०२३ को फेब्रुअरी १५ र १८ मा नेपालले भारतसँग चेन्नईमा फिफा मैत्रीपूर्ण खेल खेल्दैछ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे