
काठमाडौँ , १८ साउन – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनका लागि आज अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जानाएको छ ।
संघमा कांग्रेस र एमालेको सरकार बनेपछि नेकपा ९एमाले० ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । सुदूरपश्चिम प्रदेशमा बहुमत पुर्याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दछ ।
गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाइ बहुमतका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक रहेको छ । तर मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने निश्चित रहेको छ। किनकि उनीसँग माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र १ स्वतन्त्र सांसद गरी १५ सांसदको मात्रै समर्थन छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे