
पञ्जाबी चर्चित गायक सिद्धु मुसेवालाको हत्या भएको छ। अज्ञात समूहले गोली हानी उनको हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।बीबीसी हिन्दीले जनाए अनुसार अस्पताल ल्याउनु अघि नै उनको मृत्यु भएको थियो। मुसेवालासहित तीन जनामाथि गोली प्रहार भएको थियो।
सिद्धू मुसेवालाको शरीरमा चारदेखि पाँचवटा गोलीका निशान देखिएको छ । उनलाई छाती र तिघ्रामा गोली लागेको छ ।उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको र हत्यारा समूहको खोजी गरिरहेको पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले ट्विटरमार्फत् बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे