
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विश्वव्यापी ऊर्जा आपूर्तिको मुख्य मार्ग रोक्न नदिन चेतावनी दिएको छ। ट्रम्पले सामाजिक सञ्जालमा भनेका छन्, “यदि इरानले हर्मुजको जलडमरूमा तेलको प्रवाह रोक्ने कुनै कदम चाल्यो भने, अमेरिका अहिलेसम्म गरेका भन्दा बीस गुणा बढी कारबाही गर्नेछ।”
यसपछि मंगलबार तेलको मूल्य घटेको छ। एसियामा ब्रेन्ट क्रुड ६५ करिब ४९३ डलर र निमेक्स लाइट स्वीट ४८८ डलरमा पुगेको थियो। सोमबार मात्र इरान–अमेरिका ९र इजरायल० द्वन्द्वले तेलको मूल्य ४१२० डलर प्रति ब्यारेल पुगेको थियो। तर ट्रम्पले युद्ध चाँडै सकिन सक्ने संकेत दिएपछि मूल्य घटेको हो।
तेल बजार अझै उथलपुथलपूर्ण छ, र द्वन्द्व बढेमा मूल्य फेरि बढ्न सक्छ, भने स्थिति शान्त भए मूल्य घट्न सक्छ, इन्टरक्यापिटल इनर्जीका विशेषज्ञ अल्बर्टो बेलोरिनले बताएका छन्।
तेलको मूल्यमा गिरावट भएपछि एशियामा शेयर बजारमा सुधार आएको छ। जापानको निक्केई २२५ करिब ३।३५ प्रतिशत बढेको छ, हङ्कङको ह्याङ सेङ १।७५ प्रतिशत र दक्षिण कोरियाको कोस्पी ६।२५ प्रतिशतले बढेको छ।
विश्वको लगभग पाँचौं भागको तेल हर्मुज जलडमरूबाट गुज्रने भएकाले यो मार्ग ऊर्जा बजारका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे