
काठमाडौँ । मकवानपुरको हेटौंडामा जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अर्काको नाममा नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन्। प्रहरीले नक्कली परीक्षार्थी बिराज बिक र जसको नाममा परीक्षा दिइएको थियो, अंकिश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।
मंगलबार हेटौंडा उपमहानगरपालिका–१० स्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा १८ वर्षीय बिकले १९ वर्षीय अंकिशको नाममा प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेका थिए। परीक्षा सुरु हुँदा यो फरेब खुलेपछि बिकलाई नियन्त्रणमा लिइयो। अनुसन्धानको क्रममा मुख्य परीक्षार्थी अंकिशलाई पनि पक्राउ गरियो।
पक्राउ परेका बिक हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कक्षा ११ का विद्यार्थी हुन्। दुवै जनालाई हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे