
काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.११ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ थियो। बैंकले यस अवधिमा खुद ब्याज आम्दानी १९.११ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी १४.४६ प्रतिशतले वृद्धि भएको छ भने कुल सञ्चालन आम्दानीमा १७.६९ प्रतिशतको सुधार देखिएको छ।
बैंकले इम्पेयरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँबाट घटाएर ३४ करोड ९५ लाख रुपैयाँमा सीमित गर्न सफल भएको छ, जसको प्रत्यक्ष प्रभाव सञ्चालन मुनाफामा परेको छ। यसले गर्दा बैंकको सञ्चालन मुनाफा २६.९७ प्रतिशतले बढेको हो। बैंकको वार्षिक प्रतिशेयर आम्दानी (EPS) ३२ रुपैयाँ ६ पैसा रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २ रुपैयाँ ९४ पैसाले वृद्धि भएको हो। प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा रहेको छ भने वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५८ पैसा रहेको बैंकको मूल्य/आम्दानी अनुपात (P/E Ratio) १८.१२ गुणा देखिएको छ।
ब्याज आम्दानी, फि तथा कमिशन आम्दानी, र सञ्चालन आम्दानीमा भएको उल्लेखनीय वृद्धिले बैंकको वित्तीय प्रदर्शनलाई मजबुत बनाएको छ। इम्पेयरमेन्ट चार्जमा आएको कमी र सञ्चालन मुनाफाको वृद्धिले बैंकको दिगो आर्थिक प्रगति र लगानीकर्ताहरूका लागि आकर्षक सम्भावना प्रस्तुत गरेको देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे