
काठमाण्डौ। एभरेष्ट बैंक लिमिटेडले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८१” को निष्काशन गर्ने आहवान पत्र सार्वजनिक गरेको छ। बैंकले १० वर्ष अवधिको सो ऋणपत्र वार्षिक ७.५० प्रतिशत ब्याजदरका साथ जारी गर्ने योजना सार्वजनिक गरेको हो।
बैंकले १२० करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये व्यक्तिगत तवर (Private Placement) बाट १०० करोड रुपैयाँ बराबरका ऋणपत्र तथा बाँकी २० करोड रुपैयाँ बराबरका ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याई सर्वसाधारणका लागि उपलब्ध गराउने जानकारी दिएको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भइसकेको उक्त ऋणपत्रलाई नेपाल राष्ट्र बैंकमा समेत दर्ता गरिएको बैंकले जनाएको छ। ऋणपत्रको निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी एलएस क्यापिटल लिमिटेडलाई दिइएको छ।
आईसीआरए नेपाल लिमिटेडले बैंकलाई “ICRANP-IR AAA” को रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने उच्च सुरक्षालाई जनाउने बैंक स्रोतले जानकारी दिएको छ।
ऋणपत्र निष्काशनका लागि २०८१ साल माघ १८ गतेबाट आवेदन खुला गरिनेछ। आवेदन दिने अवधि छिटोमा माघ २१ गतेसम्म तथा ढिलोमा फागुन ३ गतेसम्म रहने बताइएको छ। न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।
बैंकका अनुसार ऋणपत्रमा आर्जित ब्याज रकम अर्धवार्षिक रूपमा हितग्राही खातामा सोझै जम्मा गरिनेछ। साथै, ऋणपत्र भुक्तानी सुनिश्चित गर्न ‘ऋणपत्र भुक्तानी जगेडा कोष’ (Debenture Redemption Reserves) को व्यवस्था गरिएको छ।
कम्पनीले १००० रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने योजना सार्वजनिक गरेको छ, जसअनुसार कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपूँजी संकलन गरिनेछ। यसमध्ये १२० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्काशन गरिनेछ, जसमा ६०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ, भने १८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संस्थाहरुलाई निजी तवर (Private Placement) बाट बिक्री गरिनेछ।
कम्पनीले १० वर्षको अवधिसहित निष्काशन गरिने यस ऋणपत्रलाई परिपक्वता अवधि समाप्त भएपछि एकमुष्ठ भुक्तानी गरिने व्यवस्था गरेको छ, जसअनुसार उक्त ऋणपत्र साधारण शेयरमा परिणत नहुने स्पष्ट गरिएको छ। वार्षिक ब्याजदर ७.५०% कायम गरिएको ऋणपत्रमा प्राकृतिक व्यक्तिका लागि ६% र अन्य व्यक्तिका लागि १५% कर लाग्नेछ, साथै ब्याज रकम प्रत्येक ६/६ महिनामा अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। “मेरो शेयर” वा “सीआस्बा” प्रणाली बाहेकका माध्यमबाट आवेदन दिने लगानीकर्तालाई बाँडफाँड हुने दिनसम्मको ‘ब्रोकन पिरियड इन्टरस्ट’ (Broken Period Interest) करकट्टी गरी भुक्तानी गरिने व्यवस्था गरिएको छ।
ऋणपत्रमा आर्जित ब्याज रकम हितग्राही खातामा उल्लेख भएको बैंक खातामा सोझै जम्मा गरिनेछ, जसअनुसार बाँडफाँड भएका ऋणपत्रधनीहरूलाई पहिलो अर्धवार्षिकको ब्याज बाँडफाँड मितिदेखि सम्बन्धित अवधिको समाप्तिपछि प्रदान गरिनेछ। साथै, १० वर्षभित्र ऋणपत्र भुक्तानी सुनिश्चित गर्न कम्पनीले ‘ऋणपत्र भुक्तानी जगेडा कोष’ (Debenture Redemption Reserves) को व्यवस्था गर्ने जनाएको छ, जसअनुसार ऋणपत्र निष्काशनपछि पहिलो आठ वर्षसम्म प्रत्येक वर्ष कम्पनीको नाफा-नोक्सान बाँडफाँड हिसाब खाताबाट ३७.५० करोड रुपैयाँको अनुपातमा कोषमा रकम स्थानान्तरण गरिने व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे