
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण उपलब्धि हात पारेको छ। भारतीय चेम्बर अफ कमर्स (ICC) द्वारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकलाई दुई प्रतिष्ठित शीर्षकहरू प्रदान गरिएको हो।
समारोहमा एभरेष्ट बैंकलाई ‘बेस्ट बैंक’ तथा ‘प्रफिटबिलिटीमा उत्कृष्ट प्रदर्शन’ का सम्मानहरू प्रदान गरियो। यसले बैंकको नाफामुखी कार्यसम्पादन, दिगो वित्तीय व्यवस्थापन र ग्राहकमैत्री सेवा प्रवाहलाई अन्तर्राष्ट्रिय स्तरमा पुनः प्रमाणित गरेको छ।
एभरेष्ट बैंकले हालसालै डिजिटल बैंकिङ, ग्राहक सेवा सुधार र प्रभावकारी वित्तीय नीतिहरू लागू गर्दै आफ्नो प्रतिष्ठा मजबुत पार्दै आएको छ। यी सम्मानहरूले बैंकलाई आगामी दिनमा अझ बढी प्रभावकारी वित्तीय सेवा र परिणाममुखी कार्यसम्पादन गर्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे