
काठमाडौँ २ भाद्र | काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरू र सिसडोल तथा बञ्चरेडाँडा क्षेत्रका जनप्रतिनिधिहरूबीच बुधबार ककनीमा भएको बैठकमा ३ बुँदे सहमतिले अस्वीकार गरेको छ ।फोहोर विसर्जन गर्ने सहमति भएको २४ घण्टा नबित्दै फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले राेकेका छन् ।हिजो पक्राउ परेका स्थानीयको रिहाइको माग गर्दै उनीहरुले फोहोर विसर्जनमा अवरोध गरेको जनाइएको छ ।
पाँच घण्टा चलेको बैठकमा भएको सहमतिको पहिलो बुँदा अनुसार फोहोर बोक्ने गाडीले बाटोमा लिचड चुहाउँदै हिँड्न पाउने छैनन भने महानगरपालिकाले सात दिनभित्र लिचड नचुहिने व्यवस्था गरेपछि मात्र काठमाडौं महानगरपालिकाले फोहोर पठाउन पाउने छ ।
त्यस्तै, सहमतिको दोस्रो बुँदामा सडकमा धूलो नियन्त्रण निम्ति नियमित पानी छर्किने र त्यसका लागि पानी ट्यांकरको व्यवस्था गरिने छ । ल्याण्डफिल साइटमा दुर्गन्ध फैलिन नदिन नियमित औषधि छर्किने पनि सहमति भएको छ । यी दुवै कामको जिम्मा पनि काठमाडौं महानगरपालिकालाई दिइएको छ ।
सहमतिको तेस्रो बुँदा अनुसार काठमाडौं महानगरपालिकाले प्रत्येक तीन दिनमा फोहोर थुपारेको ठाउँलाई माथिबाट माटोले छोप्नु पर्नेछ । यसबाहेक स्थानीय बासिन्दासँग गरिएका पुराना सम्झौता कार्यान्वयनका लागि पहल गर्ने सहमति पनि भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे