
काठमाडौँ । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस शाखाले सन् २०२५ मा दक्षिण कोरिया जान भाषा परीक्षण दिने प्रक्रियाको पहिलो चरण सोमबार (मङ्सिर १) देखि सुरु गर्दैछ। कोरिया जान भाषा परीक्षाका लागि आवेदन दिएका १ लाख २ हजारमध्ये उत्पादन क्षेत्रका ६७ हजारको परीक्षा पहिलो चरणमै सुरु हुनेछ। इपिएस शाखाले रोस्टरमा रहेकाहरूले परीक्षा स्थगित गर्न माग गरिरहे पनि उत्पादनतर्फका परीक्षार्थीको भाषा परीक्षा दुई महिनाभित्र सक्ने योजना बनाएको छ।
कोरिया तथा नेपाल दुवैले भाषा परीक्षासम्बन्धी सूचना सोमबार एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन्। कृषि तथा पशुपालन क्षेत्रका ३५ हजार परीक्षार्थीको परीक्षा भने पछि छुट्टै मितिमा हुनेछ। हाल कोरियाले १७ इपिएस देशमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक माग गर्दै आएको छ। भाषा परीक्षामा ढिलाइ भए नेपाललाई दिइने कोटा अन्य देशमा सर्न सक्ने जोखिम छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे