
काठमाडौँ, १३ बैशाख । ईङवा हाइड्रोपावरको आईपीओ आज (वैशाख १३ गते) देखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आईपिओ बाँडफाट गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि जारी गरेको ६ लाख कित्ता आईपीओमध्ये ३ लाख ६ हजार ८४० कित्तामात्रै बिक्री भएको छ।
अब बाँकी रहेको १० लाख ८० हजार कित्ता र स्थानीयलाई बिक्री हुन बाँकी २ लाख ९३ हजार १६० थपेर कुल १३ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।
त्यसमा २ प्रतिशतले हुन आउने २९ हजार ८६३ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आईपीओमा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले रहेको छ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले वैशाख १७ गतेसम्म आवेदन दिन पाउने छ। तोकिएको समयमा आवश्यक मात्रमा आवेदन नपरेको खण्डमा वैशाख २७ गतेसम्म आवेदन दिन पाउने छन्। रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।
इच्छुक लगानीकर्ताले (सेबोन)बाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक खाता भएको शाखा वा सीडीएससीको अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे