
काठमाडौँ । बेलायतमा ‘वर्क परमिट’ मिलाइदिने भन्दै ठगीका घटना बढ्दै गएको भन्दै लण्डनस्थित नेपाली दूतावासले नेपालीलाई सचेत रहन आग्रह गरेको छ। दूतावासले जारी गरेको विज्ञप्तिमा कामका लागि प्रायोजक खोजिदिने, छिटो भिसा लगाइदिने जस्ता बहानामा नेपालीहरू ठगीमा पर्ने गुनासो बढेको जनाएको छ।
दूतावासका अनुसार नेपालबाट बेलायत आउन चाहने धेरै नेपाली यस किसिमको ठगीमा परिरहेका छन्। यस्तै, बेलायतमै बसेर रोजगारी खोजिरहेका केही नेपाली पनि ठगिएको गुनासो बढ्दै गएको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार ठगी गर्नेहरूमा कतिपय नेपालीमूलकै व्यक्ति रहेका छन् भने कतिपय अवस्थामा चिनेजानेका नेपालीमार्फत तेस्रो मुलुकका व्यक्तिसँग सम्पर्क गराइ ठगी गर्ने गरिएको पाइएको छ।
दूतावासले यस्ता ठगीका घटना नेपाल र बेलायत दुवै देशमा अपराध मानिने भएकाले पीडितले सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ। नेपालमा अनुसन्धान गर्ने निकाय र बेलायतमा स्थानीय प्रहरी तथा नेशनल एन्टी फ्रड नेटवर्क ९एक्सन फ्रड० मा उजुरी दिन सकिने दूतावासको सुझाव छ।
बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितलाई न्याय दिलाउन दूतावासले सहजीकरण गर्ने बताए। समस्या परेका नेपालीलाई दूतावासको इमेल वा ं४४–७४०४९३९२७४ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे