
काठमाडौं । मधेश प्रदेश सभामा आज सभामुख चयनका लागि निर्वाचन हुँदैछ। सभामुख पदका लागि दुई जनाले उम्मेदवारी दिएका छन्। सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव उम्मेदवार बनेका छन् भने नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका छन्।
आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरिने कार्यतालिका रहेको छ। प्रदेशसभामा हाल सात दलीय गठबन्धनसँग ७७ जना सांसद छन् भने एमाले नेतृत्वको गठबन्धनसँग २७ जना सांसद रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे