
काठमाण्डौ। नेपाल पत्रकार महासंघको लामो इतिहासमा पहिलोपटक महिला अध्यक्ष चयन भएको छ। पत्रकार महासंघको आगामी नेतृत्वको जिम्मेवारी अब महिला अध्यक्ष निर्मला शर्माले सम्हाल्नेछन्, जसको चयनले नेपालको पत्रकारिता क्षेत्रमा नयाँ ऐतिहासिक अध्यायको शुरुवात भएको छ।
महिला राष्ट्रपति, महिला सभामुख, महिला प्रधान न्यायाधीश, महिला परराष्ट्र मन्त्री, महिला रक्षा मन्त्री र महिला मुख्य मन्त्रीको पछि पत्रकार महासंघको अध्यक्षको पदमा, निर्मला शर्माले नेतृत्व ग्रहण गर्ने मौका पाएकी छन्। यो चयनले नेपालमा महिला नेतृत्वको सशक्तिकरण र सम्मानको सन्देश दिएको छ।
निर्मला शर्माको नेतृत्वमा, उनले संचारिका समूह र दक्षिण एसियाली स्वतन्त्र पत्रकार संगठन (SAFMA) नेपाल च्याप्टरको सफलतापूर्वक नेतृत्व गरिसकेको अनुभव पनि छ। उनका नेतृत्व क्षमताहरू पटकपटक परीक्षित भएका छन् र उनले सरलता, विनम्रता, निष्ठा र दृढताको साथ विभिन्न चुनौतीहरूको सामना गर्दै आफ्नो स्थान बनाएकी छन्।
२०६२ सालमा उनले पत्रकार महासंघको केन्द्रीय सदस्यको चुनावमा सर्वाधिक मत प्राप्त गरी विजय प्राप्त गरेकी थिइन्, जहाँ उनले एक कार्यकाल पूरा गरी कोषाध्यक्ष पदको उपविजेता बनी बाहिरिनु परेको थियो। यसअघि उनले गठबन्धनमा अध्यक्ष पदमा पराजित पनि भएकी थिइन्। यद्यपि, आज उनले दुईपटक हार र दुईपटक जितको अनुभवलाई पछाडि पार गर्दै ऐतिहासिक विजय प्राप्त गरेकी छन्।
यस चयनसँगै, अब देशभरका पत्रकारहरूले नयाँ सम्बोधनको अभ्यास गर्न थालेका छन्। अब सभापति र अध्यक्षलाई दाइ भनेर सम्बोधन गर्ने परम्परा बदलिंदै “अध्यक्ष निर्मला दिदी” भन्ने नयाँ सम्बोधनको शुरु भएको छ।
हालका दिनमा पत्रकार महासंघ नेतृत्व र भुमिका आलोचनाको घेरामा रहेको थियो। अध्यक्ष र काबा अध्यक्षको असफलताको कारण महासंघमा संकट गहिरिएको थियो, तर उपाध्यक्ष अधिकारीले काबा सम्हालेर महाधिवेशनलाई सफलता साथ सम्पन्न गरेको नेतृत्वले महिलाको नेतृत्वमा अवसर र जिम्मेवारीलाई ठूलो सफलता बनाएर देखाएको छ।
निर्मला शर्माको नेतृत्वमा, पत्रकार महासंघलाई गिरेको प्रतिष्ठा र हैसियतलाई पुनः स्थापन गर्दै एक सशक्त, लोभलाग्दो र भरपर्दो संस्थाका रूपमा पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ। प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पहरेदारको रूपमा यस संस्थाले भविष्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
सुभकामना: निर्मला शर्माका नेतृत्वमा पत्रकार महासंघको नयाँ टिमलाई शुभकामना दिँदै, उनका कार्यकाल सफल र समृद्ध हुने आशा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे