
काठमाडौँ, ६ जेठ। स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १९ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७५ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७० वटा गाउँपालिकामा विजयी हासिल गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय १२ पालिकामा विजयी हुँदा जनता समाजवादी पार्टी (जसपा)ले १८ स्थानीय तहमा विजयी हासिल गरेको छ । नेकपा एकीकृत समाजवादी १४ वटा पालिकामा विजयी भएको छ ।
साथै लोकतान्त्रिक समाजवादी पार्टी ७ ठाउँमा विजयी भएको छ । २३ गाउँपालिकामा अरु साना दल तथा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । हाल मतगणना जारी रहेका ठाउँहरुमध्ये नेपाली कांग्रेस ५२ ठाउँमा अगाडि छ। नेकपा एमाले २५ ठाउँमा अगाडि रहेको छ। त्यस्तै, माओवादी केन्द्र १०, जसपा १७, एकीकृत समाजवादी र लोसपाले ५–५ ठाउँमा अग्रता लिएका छन्।
एक महानगरपालिका र ३ उपमहानगरपालिकासहित ११ ठाउँमा स्वतन्त्र उम्मेदवार तथा साना दल अगाडि रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे