
काठमाडौँ, २६ बैशाख । स्थानीय तह निर्वाचनको लागी भोलि मंगलबार रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
तर दल तथा उमेदवारहरुले विभिन्न स्थानमा आचार संहिता विपरितका प्रचार प्रसार पनि गरेको छन् ।
चुनावी प्रचारको लागि आज र भोलि १२ बजे अगाडिसम्मको समय मात्र बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् ।
यस्तै, भोलि मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । भोलि राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।
कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ । चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ।
चुनावलाई लक्षित गर्दै स्थानीय प्रशासनहरुले भोलिदेखि जाँडरक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ ।
गृहले चुनाव हुने दिन तोकिएका बाहेकका अन्य सवारी साधन चलाउन रोक लगाएको छ । त्यस्तै मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने नेपाल वायुसेवा निगमले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे