
निर्वाचन आयोगले आचारसंहिताको कार्यान्वयन नगर्नेको उम्मेदवारी रद्द गरिदिने चेतावनी दिएको छ ।सोमबार प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले राखेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो ।३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले २५ चैत २०७८ देखि निर्वाचन आचार संहिता लागू गरिसकेको भन्दै आयोगले सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने प्रावधान रहेको स्मरण गराएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे