
काठमाडौँ २१ बैशाख । निर्वाचन आयोगले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाको अन्तिम नामावली सार्वजनिक गरेको छ।
आयोगले वैशाख २० गते साँझ ६ बजेसम्म प्राप्त सूची सार्वजनिक गरेको जनाएको छ। यद्यपी यो सूची थपघट हुन सक्ने आयोगको भनाइ छ। आयोगका अनुसार निर्वाचनका लागि १ लाख ४५ हजार ९२ जना उम्मेदवारको नाम र पदसहितको विवरण सार्वजनिक गरेको हो।
केहि स्थानमा निर्वाचनको संसोधित कार्यक्रम गर्नुपर्ने तथा केही स्थानहरुमा इन्टरनेट, विद्युत् अवरुद्ध भएको कारणले प्रणालीमा प्रबिस्ट हुन बाँकी विवरण थपघट हुन सक्ने आयोगको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे