
काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरू चुनावी प्रचारमा जानु आचारसंहिता ठाडो उल्लंघन भएको बताएका छन्।
सामाजिक सञ्जालमा महासचिव पोखरेलले लेखेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरू चुनाव प्रचारमा हिँड्नु आचारसंहिताको ठाडो उल्लङ्घन हो। यतिबेला सत्तापक्षलाई हाम्रो सुझावको सम्झना हुँदैहोला।’
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनको सभा भन्दै देश दौडाहामा छन्। उनले आज चितवनको सभालाई सम्बोधन गर्दैछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे