
राजधानीको केन्द्रमा भइरहेको चुनावी मतगणनामा काठमाण्डौ महानगरपालिकाको मत गणनालाई देशले विशेष चासो दिइरहेका वेलामा हाल स्वतन्त्र मेयर उम्मेदवार वालेन्द साहले हाल सम्मको मत गणनामा अग्रता प्राष्त गनु पनि साहको लागि ठुलो उपलब्धि रहेको छ ।
उनले अहिले सम्मको मत गणनामा १०४८१ मतका साथ अग्रताका लिइरहेका छन भने मेयर प्रतिस्प्रधि प्रत्यासी नेपाली कांग्रेस सिर्जना श्रेष्ठले४८६८ र नेपाल कम्युनिष्ट पार्टी एमाले केशव स्थापितको ५६१८ मत हाल सम्म थाहा हुन आएको छ। मत गणना जारी छ।
त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी का मदनदास श्रेष्ठकोपनि ७१४ मत र स्वतन्त्र मेयरका उम्मेदवार सुमन सायमी ६३३ रहेको छ। मत गणना जारी छ।
उपमेयर तर्फका प्रत्यासी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार सुनिता डंगोल अहिले सम्मको मत गणनामा अग्रताका साथ ९८५८ त्यसलाई पछाउदै नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठको २८१७ मत रहेका छन्।
यस महानगरपालिकामा कूल जनसंख्या ८,४५,७६७ रहेको छ भने कुल मतदाता संख्या ३,००,२४२ रहेको छ । जसमा १,४४,३६३ पुरुष र १,५५,८७८ महिला रहेका छन् । यस महानगरपालिकामा ३२ वडा छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे