
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता मङ्सिर १ देखि १० गतेसम्म खुला रहनेछ भने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता मङ्सिर १ देखि ७ गतेसम्म गरिने आयोगले जनाएको छ।
आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक–फरक सूचना जारी गर्दै दल दर्ताको प्रक्रिया खुलासा गरेको हो। दल दर्ताका लागि आयोगमा निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम, दर्ता मिति लगायत आवश्यक कागजातहरू पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
फागुन २० गतेदेखि राष्ट्रिय सभामा एकतिहाइ सदस्यको रिक्तता हुने भएकोले सो पद पूर्तिका लागि माघ ११ गते निर्वाचन हुने भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे