बैतडी ,२१ असोज। बैतडीमा आगलागीबाट एक वृद्धा गम्भीर घाइते भएकी छिन् । पुर्चौँडी नगरपालिका–८ डणपूरमा घरमा आगलागी हुँदा ८४ वर्षीया जयमती साउँद गम्भीर घाइते भएकी हुन् ।
गम्भीर घाइते साउँदलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई सुरजबहादुर चन्दले जानकारी दिनुभयो । खाना पकाइसकेपछि भान्साकोठाबाट सल्किएको आगोले उनको घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
घरमा आगो लागेको थाहा पाएकी साउँद भागेर बाहिर निस्किँदा जलेर घाइते भएकी प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे