
काठमाडौं ।शिक्षा र भिसा परामर्श सेवामा अग्रणी संस्था एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिस (EEVS) ले आफ्नो बसुन्धारा शाखालाई स्थानान्तरण गर्दै महाराजगञ्जमा पुनः स्थापना गरेको छ। नयाँ शाखा अमेरिकन दूतावासको अगाडि र मुक्तिनाथ विकास बैंकको महाराजगञ्ज शाखाको छेउमा रहेको छ।
यस शाखाको औपचारिक उद्घाटन EEVS का ग्लोबल डाइरेक्टर बद्री अर्याल र नेपाल क्रिकेट टोलीका पूर्व कप्तान तथा संस्थाका ब्रान्ड एम्बासडर परस खड्काले संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहका दौरान शाखा सञ्चालन व्यवस्थापक जिवा राज कर्णिकारले स्वागत मन्तव्य राख्दै, संस्थाले नेपाली विद्यार्थीहरूलाई विश्वव्यापी शैक्षिक अवसरमा जोड्न खेलेको महत्त्वपूर्ण भूमिकाबारे प्रकाश पारेका थिए। उनले महाराजगञ्ज शाखाबाट थप प्रभावकारी र सहज सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा बोल्दै परस खड्काले EEVS सँगको आफ्नो भावनात्मक जुडाव व्यक्त गर्दै, क्रिकेटले नेपालको पहिचान विश्वभर पुर्याएझैं EEVS ले हजारौं नेपाली विद्यार्थीलाई आफ्ना शैक्षिक सपना साकार पार्न मार्गदर्शन गरिरहेको बताएका छन्। खड्काले आफ्नो करियरको अनुभवसँग EEVS को लक्ष्य मिल्दोजुल्दो रहेको उल्लेख गरेका थिए।
त्यस्तै, EEVS का ग्लोबल डाइरेक्टर बद्री अर्यालले संस्थाको हालको रणनीति र भविष्यको योजना प्रस्तुत गर्दै २०२५ सम्म संस्थाका शाखाहरूलाई २५ देश र ७५ स्थानमा विस्तार गर्ने लक्ष्य रहेको बताएका छन्। हाल EEVS ले २४ देशमा ६७ शाखा सञ्चालन गरिरहेको जानकारी पनि उनले दिएका थिए।
महाराजगञ्ज शाखाको नेतृत्व जयराम अर्याल ले गर्दैछन्। यो शाखा सुविधाजनक स्थानमा स्थापना भएकाले विद्यार्थी र अभिभावकलाई सहज सेवा प्राप्त हुने अपेक्षा गरिएको छ। शाखाले परामर्श, भिसा प्रक्रिया र शैक्षिक निर्देशनमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाली विद्यार्थीहरूको शैक्षिक सपना साकार पार्न थप योगदान दिने विश्वास गरिएको छ।
उद्घाटन समारोहले EEVS को सेवामा नयाँ उत्साह थपेको र नेपाली विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरू विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे