
२०७९ फागुन १४।ग्लोबल स्ट्डी पाट्नरस् भन्ने एक अवैधानिक शैक्षिक परामर्श सञ्जालले आज होटल हिमालयमा युनिभर्सिटीका प्रतिनीधीहरू, सब एजेन्ट र नेपाली कलेजका प्रिन्सिपल हरूलाई लक्षीत गरी एक शैक्षिक परामर्श सत्रको आयोजना गरेको छ।
नेपाल सरकारले हाल तीन महिनाको लागी कुनैपनि होटल तथा प्रदर्शनी गृहमा अन्तर्राष्ट्रिय शैक्षिक परामर्श संग सम्बन्धित कृयाकलाप नगर्न उर्दी जारी गरेको छ।
तर ग्लोबल स्ट्डी पाट्नरस् ले गर्न लागेको यो शैक्षिक मेलाले नेपाल सरकारको बेवास्ता गरेको बुझीएको छ।
ग्लोबल स्ट्डी पाट्नरस् का नेपाल डिरेक्टर अनिल श्रेष्ठको यो हर्कत र आफ्नो पावरको प्रदर्शन प्रती नेपालका सबै शैक्षिक परामर्श छाता सङ्गठनले घोर भत्सना गरेको छ।
सबै शैक्षिक परामर्श छाता सङ्गठनले नेपाल सरकारको नियमलाई आत्मसाथ गरिरहँदा बिदेशी संस्थाहरूले खुल्लम खुल्ला यस्तो हर्कत गर्नु भनेको नेपाल सरकारको नीति नियमको सरासर उल्लंघन भएको सबै शैक्षिक परामर्श छाता सङ्गठनले सञ्चार गृहलाई जानकारी गराएका छन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे