
ब्रिज इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले माेडल अनुजा आचार्य लाई आफ्नो ब्रान्ड एम्बेसडर को रूपमा एक वर्षका लागि अनुबन्धित गरेको छ। सोही जानकारी गराउने उद्देश्यले ट्रेडिस्नल कम्फर्ट कमलपोखरीमा एक भव्य कार्यक्रम गरी एग्रिमेन्ट गरी एग्रिमेन्ट साटासाट गरेको छ। यसै सन्दर्भमा ब्रिज इन्टरनेशनल एजुकेशन कनसल्टेन्सी को भिडियो विज्ञापन समेत लोकार्पण गरिएको थियो।
बिदेश अध्ययनार्थ जान चाहने विध्यार्थीलाई ब्रिज इन्टरनेसनलले उच्च शिक्षा प्रधान गर्दै आएको छ। आफ्नो छैठौ वार्षिक उत्सव मनाइरहदा, वर्ष भरिनै जानकारी मुलक कार्यक्रम, शैक्षिक मेला आदिमा आफ्नो ब्रान्ड एम्बेसडरले विभिन्न सन्देश प्रवाह गर्ने ब्रिज इन्टरनेसनलले बताएको छ।
मन्तब्यकै क्रममा भर्खरै मात्र मनोनित ब्रिज इन्टरनेसनल एजुकेसन की ब्रान्ड एम्बेसडर अनुजा आचार्य ले ब्रिज इन्टरनेसनल जस्तो गरिमामय संस्थामा अनुबन्धित हुँदा आँफू जिम्मेवार र उत्साहित दुवै रहेको बताएकी छिन्।
ब्रिज इन्टरनेसनलले अमेरिका, वेलायत, अष्ट्रेलिया, क्यानडा, न्यूजल्यान्ड, र थुप्रै युरोपेली राष्ट्रहरुमा उच्च शिक्षा हासिल गर्न जाना चाहने विद्यार्थीलाई गुणस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे