
युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा एक भब्य कार्यक्रमका बिच राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् नेपाली वैज्ञानिक डा.महाविर पुन मगरलाई सम्मान गरेको छ ।
उक्त कार्यक्रममा डा.पुनले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । डा. पुनले नेपालको खोज अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदान र उहाँको कर्मको प्रतिफल स्वरुप सम्मान गरिएको हो । उक्त अवसरमा डा.पुनसगं अन्तरक्रिया तथा छलफल समेत गरिएको थियो । कार्यक्रममा डा. पुनले आफ्नो कामहरु भिडियो मार्फत प्रस्तुत गर्नुभएको थियो।
पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ-नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराउनु भयो। कार्यक्रममा उपस्थित विद्यार्थी एवम् अन्य सहभागीहरुले राष्ट्रिय आविष्कार केन्द्र र महाविर पुनको बारेमा जिज्ञासा एवम् टिप्पणीहरु राखेका थिए ।
सो कार्यक्रमका आयोजक समेत रहेका बिज एजुकेशन कन्सलटेन्सीका प्रबन्ध निर्देशक हरि कार्कीले कार्यक्रममा सहभागी सम्पूणलाई धन्यवाद व्यक्त गर्दै डा. महाविर पुनको स्वागत एवम् सम्मान गर्नु भएको थियो।
युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर र बिज एजुकेशनले राष्ट्रिय आविष्कार केन्द्रलाई अनुसन्धान र विकासका लागी आर्थिक सहयोग समेत प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल एजुकेशन काउन्सील युकेका पदाधिकारीहरु बसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायत सयौँको उपस्थिति रहेको थियो ।
नेपालको विकासको लागि र आर्थिक उन्नति कसरी गर्न सकिन्छ भन्ने उद्देश्य सहित स्थापित राष्ट्रिय आविष्कार केन्द्र मार्फत थुप्रै सामाजिक कार्यहरू गर्दै आईरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे