
काठमाडौँ , माघ २५ । लामो समयदेखी विदेश अध्ययनका लागि गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एजुकेशन एण्ड माइग्रेसन कर्नरले बृहत शैक्षिक मेलाको आयोजना गरेको छ।
ग्राण्ड एजुकेशन फेयर उच्च शिक्षा आर्जन गर्न अमेरिका, क्यानडा, अष्ट्रेलिया र यूके जान चाहने बिध्यार्थीहरू लाई लक्षित गरेर पछिल्लो इन्टेकमा युनिभर्सिटी वा कलेजमा भर्ना हुने प्रकृया, न्युनतम योग्यता छात्रवृत्ति लगायतका बिषयमा बिध्यार्थीहरूलाई जानकारी गराउनु नै यस मेलाको मुख्य उद्देश्य रहेको एजुकेशन एण्ड माइग्रेसन कर्नरका सिड्नी डाइरेक्टर सुनील उप्रेतीले बताउनु भयो।
उप्रेतीका अनुसार शैक्षिक मेला फ्रेबुअरी ६ देखी १६ तारीख सम्म हुने छ ।
फ्रेबुअरी ६ तारेखका दिन काठमाण्डौको पुतली सडक शंकरदेब कलेजसंगै रहेको कर्नरको केन्द्रीय कार्यालयमा आयोजना भएको छ।
यसैगरी फ्रेबुअरी ८ मा इटहरी , ९ मा दमक ,१० मा बिर्तामोड, १२ मा चितवन र १६ तारेखका दिन बुटवलमा अवस्थित आफ्ना शाखा कार्यालयहरूमा बिधार्थीहरूले युनिभर्सिटी, कलेजका प्रतिनिधिसँग छलफल गर्न पाउने छन्। शैक्षिक मेलामा सहभागिता जनाउने बिध्यार्थीहरूलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरले IELTS र PTE कक्षाको निःशुल्क अध्ययन गराउने जानकारी एजुकेशन एण्ड माइग्रेसन कर्नर कर्नरका नितेश उप्रेतीले जानकारी गराउनु भयो।
शैक्षिक मेलामा उपस्थित बिध्यार्थीहरूलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरले बिध्यार्थीहरूका लागि आकर्षक पुरस्कारको पनि ब्यबस्था गरेको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे