
काठमाडौं – IEducationalize द्वारा आयोजना गरिएको EDU Visionary Summit 2024 काठमाण्डौको र्याडिसन होटलमा १३ डिसेम्बर २०२४ मा सम्पन्न भएको छ। यस शिखर सम्मेलनमा प्रमुख भारतीय विश्वविद्यालयहरूका प्रतिनिधि, शैक्षिक विशेषज्ञ र विद्यार्थीहरूको सहभागिता रहेको थियो।
संगठित शिखर सम्मेलनले शैक्षिक अवसरहरूको प्रचार गर्ने, नवप्रवर्तनात्मक कार्यक्रमहरूको प्रदर्शन गर्ने र विश्वव्यापी शैक्षिक सहकार्यलाई प्रोत्साहन गर्ने गतिशील प्लेटफर्मको रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा भाग लिएका प्रतिष्ठित शैक्षिक संस्थाहरूले विद्यार्थिहरूलाई विभिन्न जीवन उपयोगी कोर्सहरू र अनुसन्धान सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेका थिए।
सम्मेलनमा MIT वर्ल्ड पीस विश्वविद्यालय, ICFAI विश्वविद्यालय, ग्राफिक एरा विश्वविद्यालय, सिल्वर ओक विश्वविद्यालय, GITAM विश्वविद्यालय, पिम्परी चिन्चवड विश्वविद्यालय र मानव रचना विश्वविद्यालयका प्रतिनिधिहरूको गरिमामय उपस्थिती रहेको थियो।
यस अवसरको विस्तारको लागि, १३ डिसेम्बरमा काठमाण्डौको DAV स्कूलमा ६ सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रम पनि आयोजना गरिएको थियो। यसैगरी, १६ डिसेम्बरमा DPS धरानमा २ सय विद्यार्थीहरूको सहभागिता रहेको अर्को कार्यक्रम आयोजना हुने योजना रहेको जानकारी प्राप्त भएको छ।
IEducationalize की निर्देशक सिखा गुप्ताले शिखर सम्मेलनको प्रभावको बारेमा टिप्पणी गर्दै भनेका छन्, “यो कार्यक्रम विद्यार्थी र शीर्ष विश्वविद्यालयहरू बीचको खाडललाई पाट्दै, उनीहरूलाई शिक्षण र करियरका बारेमा सूचित निर्णय लिनमा सहयोग पुर्याउँछ।”
EDU Visionary Summit 2024 शैक्षिक समुदायका लागि अत्यन्तै सफल र प्रभावकारी कार्यक्रम साबित भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे