
एजेन्सी। नेपाल ट्युब अष्ट्रेलियाका प्रधान सम्पादक सरल गुरुङलाई स्व. टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। अष्ट्रेलियाको राजधानीमा आयोजित एक विशेष समारोहमा, अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जाले पत्रकारितामार्फत देश तथा विदेशका नेपालीलाई जोड्ने योगदानको कदर गर्दै सरललाई उक्त पुरस्कार प्रदान गरेको हो। प्रतिज्ञा अधिकारीसहितको छनोट समितिले विभिन्न पत्रकारहरूको कामको मुल्यांकन गरेर सरललाई पुरस्कार दिन सिफारिस गरेको थियो।
पुरस्कार प्राप्त भएपछि, सम्पादक सरल गुरुङले समाजका हरेक व्यक्ति, दर्शक र संस्थाको साथ र माया नहुँदा निरन्तर पत्रकारिता गर्न नसकिने बताएका छन् र सबैलाई धन्यवाद दिएका छन्। उनले आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि पत्रकारिताबाटै देशको सेवा गर्ने प्रतिज्ञा व्यक्त गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे