
काठमाडौँ । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। आज आइतबार बिहान संखुवासभा आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ः३१ बजे संखुवासभाको रिताक क्षेत्र नजिकै भूकम्प गएको हो।
भूकम्पको धक्का संखुवासभा र आसपासका केही क्षेत्रमा सामान्य रूपमा महसुस गरिएको थियो। तर हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै जानकारी आएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे