
काठमाडौ, २८ जेठ । काठमाडौँ उपत्यकामा शनिबार विहान ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विहान २.३६ बजे भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौँ उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिएको छ ।
धक्का महशुस गरिएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उल्लेख गरेका छन्।
भूकम्पको धक्का ठूलै भएकाले मानिसहरु घर बाहिर निस्किनुका साथै हल्लाखल्ला मच्चिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे