
काठमाडौँ, १५ पौष । विदेश अध्ययन सम्बन्धी जिज्ञासा र दुविधा भएका विद्यार्थीहरूलाई सघाउने उद्देश्यले डिल्लीबजार स्थित ड्रिमअन एजुकेसनल कन्सल्टेन्सीले ‘ड्रिमअन एडमिशन डे’ को आयोजना गर्ने भएको छ । आगामी जनवरी ७ तारिखका दिन ड्रिमअन परिसरमा आयोजना हुने उक्त कार्यक्रममा अमेरिका, अस्ट्रेलिया, क्यानडा र युके अध्ययन गर्न चाहने विद्यार्थीलाई उचित जानकारी र गुणस्तरीय परामर्श प्रदान गर्ने आयोजकले जनाएको छ ।
आफ्नो सुनिश्चित भविष्यको खोजीमा रहेका नेपाली विद्यार्थीहरूको सारथि बन्ने उद्देश्यका साथ ‘ड्रिमअन एडमिशन डे’ आयोजना गरिएको ड्रिमअनका प्रबन्ध निर्देशक भिम बहादुर थापाले जानकारी दिनुभयो । कार्यक्रम मार्फत विद्यार्थीहरूलाई विभिन्न विकल्पहरू, उचित अवसरहरू र छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो। थापाले समयमै आफ्नो नाम दर्ता गरेर मौकाको फाइदा उठाउन पनि विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
दश वर्ष भन्दा लामो सफलताको अनुभव भएको ड्रिमअन एजुकेसनल कन्सल्टेन्सी डिल्लीबजारमा अवस्थित छ। विदेश अध्ययन गर्न जान चाहने हजारौँ नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री बनिसकेको यो संस्थाले उत्कृष्ट भाषा कक्षा समेत सञ्चालन गर्दै आएको छ।
‘ड्रिमअन एडमिशन डे’ मा विध्यार्थीहरुले अमेरिका, अस्ट्रेलिया, क्यानडा र युकेका उत्कृष्ट युनिर्भसिटि कलेज र इन्टिच्युटहरुका प्रतिनिधिसगँ प्रत्यक्ष परामर्श अन स्पट एडमिशन एसेसमेन्ट
लगायतका सेवाहरु प्राप्त गर्न सक्ने छन्।
“Unwrap your gift of global future “भन्ने मुलनाराका साथ आयोजन गरिएको उक्त ‘ड्रिमअन एडमिशन डे’ मा विध्यार्थीहरुले आर्कषक गिफ्ट ह्यामपर, रिचार्ज काडर्, मुभिटिकट जित्न सक्ने आयोजकले जानकारी गराएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे