
धुलिखेल ।धुलिखेल अस्पतालमा दुई चिकित्सकलाई रजिष्ट्रार पदमा नियुक्त गरिएको छ। अस्पतालले डा. सुमिष्टी शाक्यलाई प्रसूति तथा स्त्रीरोग विभागमा तथा डा. निशान भट्टराईलाई हृदय रोग विभाग (कार्डियोलोजी) मा रजिष्ट्रारको रूपमा नियुक्त गरेको हो।
दुवै चिकित्सकको नयाँ जिम्मेवारीप्रति बधाई दिँदै अस्पताल परिवारले उनीहरूको कार्यकाल सफल तथा सेवामूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ। अस्पतालका अनुसार दुवैले आफूलाई तोकिएको विभागमा गुणस्तरीय सेवामार्फत प्रभावकारी योगदान दिने विश्वास लिइएको छ।
धुलिखेल अस्पतालमा रजिष्ट्रार नियुक्ति चिकित्सकीय सेवा सुदृढ गर्नका लागि गरिएको कदम भएको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे