
काठमाडौँ, १८ बैशाख । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिमा आपत्ति जनाएका छन्।
कोइरालाले वरियता र प्रक्रिया मिचेर सकरारले नेपाल प्रहरीको आईजीपी नियुक्त गरेको आरोप लगाएका छन् । उनले सरकारको यो निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ।
मन्त्रिपरिषदको आजको बैठकले तेस्रो बरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गर्नै निर्णय गरेपछि कोइरालाको यस्तो धारणा आएको हो ।
‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ,’ कोइरालाले ट्वीटरमा भनेका छन् ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे