काठमाडौं, ५ असोज । सरकारले नेपाली सेनाको हेलिकप्टरमा उद्धार गर्न खोज्दा अस्वीकार गरेर डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् ।स्वास्थ्य सेवा सुधारका माग राखेर १० दिनदेखि धनगढीमा अनशनमा रहेका छन् ।
अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौं आउन तयार भएका हुन् । उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं आउँदै छन् ।अनशनरत डा। गोविन्द केसी बुधबार आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् । डा. केसी आफ्नै खर्चमा ४:४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौं आउने उनका सहयोगी डा. अमृत जैसीले धनगढीबाट जानकारी दिए ।
केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि उनलाई काठमाडौं ल्याउन मंगलबार सेनाको स्काई ट्रक गएको थियो ।
तर उनले काठमाडौं नजाने अडान लिएपछि स्काइ ट्रक रित्तै फर्केको थियो । तर आज भने उनी काठमाडौं आउन तयार भएका हुन् ।
डा. केसीको मागको विषयमा सरकारी वार्ता टोली र डा.केसी पक्षको वार्ता टोलीबीच आइतबारदेखि काठमाडौंमा अनौपचारिक तथा अनौपचारिक रुपमा वार्ता भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे