
काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा हाड जोर्नी तथा खेलकुद चोट उपचारका विशेषज्ञ डाक्टर चक्रराज पाण्डेको योगदान उल्लेखनीय रहेको छ। मेडिकिटी अस्पतालका सह-संस्थापक तथा चिकित्सा निर्देशकका रूपमा कार्यरत डा. पाण्डेले अर्थ्रोस्कोपी, जोर्नी प्रतिस्थापन, र बाल हाड जोर्नी सेवामा नेपालमा नयाँ मापदण्ड स्थापना गरेका छन्।
उनको नेतृत्वमा स्थापित अनामिवा हेल्थले सन् २०२० देखि नेपालमा आधुनिकतम हाड जोर्नी सेवा प्रदान गर्दै आएको छ। यस संस्थाले रिजेनरेटिभ टेक्नोलोजी फर बेटर हेल्थ सँग सहकार्य गरी शल्यक्रिया र शल्यक्रिया नगरिकन दुबै प्रकारको उपचारमा विश्वस्तरीय प्रविधि प्रयोग गरिरहेको छ।
डा. पाण्डे नेपाल अर्थ्रोस्कोपी सोसाइटीका पूर्व अध्यक्ष तथा राष्ट्रिय मस्कुलोस्केलेटल च्यारिटी एण्ड रिसर्च फाउण्डेसनका अध्यक्ष पनि हुन्। उनले नेपालमा नवीन शल्यक्रिया प्रणाली विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।
अनामिवा हेल्थले जर्मनीको मेडी, स्विट्जरल्याण्डको किबुन शूज, र अमेरिकाको मुलर स्पोर्ट्स मेडिसिन जस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सहकार्य गरी उच्च गुणस्तरीय उपचार सामग्री उपलब्ध गराएको छ। यसले नेपाली बिरामीहरूलाई अन्तर्राष्ट्रिय स्तरको उपचार पाउन सजिलो बनाएको छ।
डा. पाण्डेको दृष्टिकोण अनुसार, अनामिवा हेल्थले “स्वास्थ्य सेवाको धारणा र आपूर्तिमा परिवर्तन ल्याउने” लक्ष्य राखेको छ। उनको प्रयासले नेपालमा हाड जोर्नी चिकित्सा क्षेत्रमा ठूलो प्रगति गरेको छ।
नेपालका वरिष्ठ हाड जोर्नी रोग विशेषज्ञ डा. चक्रराज पाण्डे स्वास्थ्य सेवामा लामो अनुभव र विशिष्ट योगदानका लागि परिचित नाम हुन्। उनी अनामिवा हेल्थका सह-संस्थापक तथा मेडिकल डाइरेक्टर समेत हुन्।
डा. पाण्डे अर्थ्रोस्कोपी, जोर्नी प्रतिस्थापन (ज्वाइन्ट रिप्लेसमेन्ट), खेलकुद सम्बन्धी चोटपटक (स्पोर्ट्स मेडिसिन) तथा बाल हाड जोर्नी रोग (पेडियाट्रिक ओर्थोपेडिक) का विशेषज्ञका रूपमा चिकित्सा क्षेत्रमा स्थापित छन्। नेपालमा अर्थ्रोस्कोपी प्रविधि र खेलकुद चिकित्सा सेवा विस्तारमा उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ।
डा. पाण्डे राष्ट्रिय मस्कुलोस्केलेटल च्यारिटी एण्ड रिसर्च फाउण्डेशनका अध्यक्ष समेत हुन्। यस संस्थामार्फत उनले असहाय र आर्थिक रूपमा कमजोर वर्गलाई निःशुल्क वा सहुलियतमा हाड जोर्नी तथा जोर्नी सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएका छन्।
त्यसैगरी, उनी नेपाल अर्थ्रोस्कोपी सोसाइटीका पूर्व अध्यक्ष समेत हुन्। आफ्ना दीर्घकालीन अनुभव र विशेषज्ञता मार्फत उनले चिकित्सा क्षेत्रमा नयाँ पुस्तालाई तालिम र मार्गदर्शन दिँदै आएका छन्।
नेपालमा हाड जोर्नी रोग, खेलकुद चोटपटक तथा नवप्रवर्तनशील शल्यक्रिया सेवा विकासमा डा. पाण्डेले पुर्याएको योगदान उल्लेखनीय मानिन्छ। उनी सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहँदै आएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे